सानिमा माइ हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने, सभामा जान पुस ७ गते बुक क्लोज

  २०७६ मार्ग २६ गते २:५०       विकासन्युज

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, हाइड्रोले कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हाइड्रोको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई हाइड्रोको आगामी साधारणसभाले पारित गर्ने छ ।

हाइड्रोको आगामी साधारणसभा पुस २७ गते बस्दै छ । सभामा जाने प्रयोजनको लागि हाइड्रोले आगामी पुस ७ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

साथै, पुस ६ गतेसम्म नेप्सेमा कारोबार गरी शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी गरेका शेयरधनीहरुले हाइड्रोको उक्त प्रस्तावित लाभांश पाउने छन् ।