मञ्जुश्री फाइनान्सले साढे ११ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८१ करोड नाघ्ने

  २०७६ मार्ग २६ गते १२:४८       विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ११.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर गरी कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । १.७५ प्रतिशत बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजीले ८१ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ ।