डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

  २०७६ मार्ग २५ गते ५:१०       विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांशदर संस्थाले अघिल्लो वर्ष वितरण गरेको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिएको थियो ।