लुम्बिनी विकास बैंकले १५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर दिने

  २०७६ मार्ग २५ गते १:२५       विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त लाभांश दर अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले अघिल्लो वर्ष १७.०७ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।