बुटवल पावरको २८ प्रतिशत लाभांश प्रस्ताव, पुस ९ गतेदेखि बुक क्लोज

  २०७६ मार्ग २३ गते १२:१९       विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीले शेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको सभा आगामी पुस २४ गते बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बस्दै छ । सो प्रयोजनको लागि कम्पनीको पुस ९ गतेदेखि पुस ११ गतेसम्म बुक क्लोज हुने कम्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६८ करोड रुपैयाँ नाघ्ने छ ।