बोनसपछि एसबिआई बैंकको सेयर मूल्य समायोजन

  २०७६ मार्ग १३ गते २:४६       विकासन्युज

काठमाडौं । शुक्रबार नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयर पछि बैंकको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३६१.३२ रुपैयाँ रहेको छ । केशरमहलमा केन्द्रिय कार्यालय रहेको यस बैंकको हाल ८ करोड ४४ लाख कित्ता सेयर सूचिकृत भएको छ ।