नेप्से ७ अंकले घट्दा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७६ मार्ग ५ गते ३:१३       विकासन्युज

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ७.७४ अंकले ओरालो लागेको छ । बिहीबार कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको नेप्से अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले घटेर ११२०.६० अंकमा झरेको हो ।

निरन्तर ओरालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेभलपर्स र घोडीघोडा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९०/९.९० प्रतिशत कमाएका छन् ।

सो दिन कूल १६७ कम्पनीको २९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनएमबि बैंकको ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको २ करोड, एनआईसी एशियाको एक करोड २८ लाख र साल्ट ट्रेडिङ् कर्पोरेशनको एक करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कारोबारमा आएका १२ समूहमध्ये तीन समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी ट्रेडिङ् समूह ३६ अंकले उकालो लागेको छ भन् उत्पादनमूलक समूह ३२ अंकले ओरालो लागेको छ ।