एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी साँढे आठ अर्ब नाघ्ने

  २०७६ असोज २७ गते १:२७       विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

असोज २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो भने २०७५/७६ मा थप ५ प्रतिशत बढी बोनस सेयर दिने प्रस्ताव गरेको छ ।हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ ।