एभरेष्ट बैंकले चौथो पटक अग्राधिकार सेयर साधारणमा परिणत गर्ने, बुक क्लोज कहिले ?

  २०७६ भाद्र २५ गते २:५१       विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंकले चुक्ता पूँजीको ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकोमा सो सेयरको २० प्रतिशत सेयर साधारणमा परिणत गर्ने भएको छ ।

बैंकले असोज ९ गते चौथो पटक अग्राधिकार सेयरलाई साधारणमा परिणत गर्न लागेको जनाएको छ ।

अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्ने प्रयोजनका लागि असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयरको शेयर दाखिला दर्ता बन्द(बुक क्लोज) हुने बैंकले जनाएको छ ।