७.२३ अंकले बढ्यो नेप्से, ३८ करोड ९६ लाख रुपैयाँको कारोबार

  २०७६ भाद्र २ गते ४:०८       विकासन्युज


काठमाडौँ । साताको पहिलो दिन ९ अंकले घटेको सेयर बजार आज दोश्रो दिन भने ७.२३ अंकले बढेको छ । ०.६० प्रतिशतले परिसूचक बढ्दा १२२२.०६ अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १७५ कम्पनीका १४ लाख ७७ हजार ४३५ कित्ता सेयर किनबेच हुँदा ३८ करोड ९६ लाख २५ हजार २ सय ६५ रुपैयाँ बराबरको कारोबार भयो ।

आज निर्जीवन बीमा समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूह २९.७८ अंकले घटेको छ । बैंकिङ समूह ७.३३, होटल समूह ४.७४, विकास बैंक समूह १३.४३, जलविद्युत समूह १.१९, वित्त समूह १.०७, उत्पादनमूलक समूह ६.९१, अन्य समूह ४.७२, लघुवित्त समूह २१.५१, जीवन बीमा समूह ४४.३२ र म्युचुअल फण्ड ०.०१ अंकले बढेका छन् ।

आज नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ७.५० प्रतिशतले नाफा कमाएका छन् भने सानिमा इक्वीटी फण्डका सेयरधनीहरुले ३.५७ प्रतिशतले सबैभन्दा बढी घाटा व्यहोरेका छन् ।