२६ प्रतिशत बोनस सेयर दिने नागबेली लघुवित्तको घोषणा

  २०७६ भाद्र २ गते ३:३०       विकासन्युज


काठमाडौँ । नागबेली लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो । चुक्ता पूँजी १६ करोड ७६ लाख ७९ हजार ५ सय रुपैयाँको २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कुमार याक्सोले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।