माछापुच्छ्रे बैंकको सेयरमा चलखेल, मूल्य घटाएर १० करोडको कारोबार

  २०७६ श्रावण २८ गते २:३७       विकासन्युज

काठमाडौं । मंगलबार माछापुच्छ्रे बैंकको सेयर कारोबारमा चलखेल भएको छ । सोमबार प्रतिकित्ता २६१ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मंगलबार अधिकांश सेयर प्रतिकित्ता २५५ रुपैयाँमा कारोबार भएको छ ।

साढे २ बजेसम्ममा यस बैंकको मात्र १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो सबै पब्लिक सेयर कारोबार हो । उक्त सेयर कारोबार एउटा परिवारको भएको भिजन सेक्युरिटीजले जनाएको छ । ‘नियमित सेयर कारोबारी हुन् । यो सामान्य कारोबार हो’ कम्पनी सम्बद्ध स्रोतले भन्यो । मध्यान्नसम्ममा ५० हजार कित्ता सेयर किनबेच हुँदै कारोबारमा सबैभन्दा माथि यहि बैंकको सेयर देखिएको छ ।

सबै ठूला कारोबारमा बिक्रेता ब्रोकर भिजन सेक्युरिटीज् देखिएको छ भने किन्नेमा पनि भिजन सेक्युरिटीज नै छ । खरिदकर्ता ब्रोकरमा नासा सेक्युरिटीज्, आर्यतारा इम्भेष्टमेन्ट एण्ड सेक्युरिटीज्, नेपाल स्टक हाउस देखिएका छन् ।