नेपाल एसबीआई बैंकले कमायो २ अर्ब ३० करोड

  २०७६ श्रावण १४ गते १२:००       विकासन्युज

काठमाडौँ ।नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बैंकले २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको सेयर पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ छ । विभिन्न रिजर्भसहित बैंकको कोर क्यापिटल १४ अर्ब २० करोड रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षमा निक्षेप १३ अर्बले वृद्धि गरी ९७ अर्ब बनाएको छ । कर्जा सापटी १२ अर्बले वृद्धि गरे ८४ अर्ब पुर्याएको छ । विभिन्न कम्पनीको सेयरमा सवा नौ अर्ब लगानी गरेको छ ।

स्प्रेड दर घटेर ४.४३ प्रतिशतमा झरेको छ । कर्जा निक्षेप अनुपात ७४.३८ प्रतिशतमा रहेको छ भने कष्ट अफ फण्ड केही बढेर ६.५१ प्रतिशत पुगेको छ । खराव कर्जा शून्य दशमलव २ प्रतिशत मात्र छ ।

यस बैंकको प्रति सेयर नेटवर्थ १६७.६९ रुपैँया, प्रतिसेयर आम्दानी २७.२६ रुपैयाँ छ । सोमबार बैंकको सेयर मूल्य प्रतिसेयर ४६५ रुपैयाँ छ ।