२०७६ आषाढ़ ६ गते ४:५३ विकासन्युज
काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५६ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ५ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये २ कम्पनीको हकप्रद सेयर, दुई कम्पनीको बोनस र एक कम्पनीको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर थपिएको छ । यी संस्थाको क्रमशः ३२ लाख ८९ हजार र ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै, नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
जेबिल्स फाइनान्सको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको क्रमशः ३ लाख ८९ हजार २८१ कित्ता र ३ लाख ४० हजार ९५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.