४ कम्पनीको साढे ५९ लाख कित्ता सेयर सूचिकृत

  २०७६ आषाढ़ ५ गते ७:३८       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ कम्पनीको ५९ लाख ५० हजार ७३८ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जेबिल्स फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २८१ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

त्यस्तै, मिथिला लघुवित्तको ३ लाख २९ हजार ८८९ कित्ता र मेरो माइक्रोफाइनान्सको ३२ लाख ८९ हजार हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यसैगरी, लाइफ इन्स्योरेन्सको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।