१२ प्रतिशत बोनस पछि सूर्या लाइफको सेयर मूल्य समायोजन

  २०७६ ज्येष्ठ २८ गते १:५५       विकासन्युज

काठमाडौं । मंगलबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१३.६१ रुपैयाँ रहेको छ ।