राधी विद्युतले १० प्रतिशत लाभांश दिने

  २०७६ ज्येष्ठ २७ गते ५:३०       विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव सोमबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ नाघ्ने छ ।