ललितपुर फाइनान्सको सेयर कारोबार रोक्का

  २०७६ ज्येष्ठ २७ गते १२:१२       विकासन्युज


काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको सोमबार(जेठ २७ गते)देखि सेयर कारोबार रोक्का भएको छ । प्राइम कमर्शियल बैंकसँग गाभिने प्रयोजनको लागि उक्त कार्य सम्पन्न नहुन्जेल फाइनान्सको बुक क्लोज हुन लागेको हो ।

यस संस्थाले गत शुक्रबार नै प्राइम बैंकसँग गाभिने सम्बन्धि एक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।