जेबिल्स फाइनान्सले असार ६ गते डाक्यो विशेष साधारणसभा, एकदिन मात्र बुक क्लोज

  २०७६ ज्येष्ठ २३ गते ७:४१       विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्सले आगामी असार ६ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे कालिमाटीस्थित कालिमाटी ब्यान्क्वेटमा बस्दै छ ।

उक्ता सभाले नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्वीजिसन) गर्ने विशेष प्रस्तावलाई पारित गर्ने छ । सो प्रस्ताव पारित सँगै स्वाप रेसियो १००ः३३ को अनुपातलाई अन्तिम स्वीकृति दिने संस्थाले जनाएको छ । अर्थात जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउने छन् ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी जेठ २७ गते बुक क्लोज हुने भएको छ । उक्त निर्णय हालै बसेको संस्थाको १९५औं बैठकले गरेको हो ।