एलआईसीका सेयरधनीलाई बम्पर उपहार, बोनस र नगद गरी ७० प्रतिशत लाभांश

  २०७६ ज्येष्ठ १५ गते १२:०७       विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांशको घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५को नाफाबाट हालको चुक्ता पुँजीको ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड रुपैयाँ रहेको छ । ३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ नाघ्ने छ ।