आईएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

  २०७६ ज्येष्ठ ९ गते ३:५१       विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको हालै बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रामा बोनस दिने प्रस्ताव गरेको हो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ ।

इन्स्योरेन्सको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी २१औँ साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस सेयर पाउने छन् । साथै, उक्त बोनसमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ ।