नेपाल कम्यूनिटी, तिनाउ र मिसन एक आपसमा गाभिए, आजैदेखि कारोबार रोक्का

  २०७६ ज्येष्ठ ८ गते १:५७       विकासन्युज

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । सो सम्बन्धि यी तीन संस्थाबीच मंगलबार एक सहमति पत्रमा हस्ताक्षर भएको हो ।

साथै, सो प्रयोजनकोे लागि यी तीन वटै संस्थाको सेयर कारोबार बुधबारदेखि रोक्का भएको छ । उक्त प्रकृया सम्पन्न नभएसम्म उल्लेखित संस्थाको नेप्सेमा बुक क्लोज हुने छ ।