अपर तामाकोशी र मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताको आकर्षण, सेयर मूल्य एक घण्टामै करिब १० प्रतिशतले बढ्यो

  २०७६ ज्येष्ठ ८ गते १२:३७       विकासन्युज

काठमाडौं । बुधबार अपर तामाकोशी हाइड्रोपावर र मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो दिन बजार खुलेको सावा एक घण्टामा यी दुईको सेयर मूल्य करिब १० प्रतिशतले बढिसकेको छ ।

१२ बजेर १७ मिनेटसम्मको डाटा अनुसार अपर तामाकोशीको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रतिकित्ता ३०५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २७ रुपैयाँ बढी हो । मंगलबार संस्थाको सेयर प्रतिकित्ता २७८ रुपैयाँ रहेको थियो ।

यो समाचार तयार पार्दासम्म मल्टिप्रपोजको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । सो अवधिसम्म संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १९ रुपैयाँ बढी हो । मंगलबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको थियो ।

यी दुबै कम्पनीको सेयर किन्नेको चाप देखिएको छ भने बेच्ने कोही छैनन् । अपर तामाकोशीको २ लाख ६० हजार ३२० कित्ता र मल्टिप्रपोजको ७ हजार ९३१ कित्ता किन्न लगानीकर्ताको घुइँचो लागेको छ ।

त्यस्तै, अपरको सबैभन्दा बढी कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको ४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनेबेच भइसकेको छ ।

त्यस्तै, बुधबारको बजारले सकारात्मक संकेत दिइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९.९३ अंकले बढेर १३२२ अंकमा पुगेको छ ।