Latest News


२०७६ मार्ग ४ गते १२:३७

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको आगामी मंसिर १६ गते बुक क्लोज हुने भएको छ । हाइड्रोले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आगामी मंसिर २७ गते १५औं तथा १६औं वार्षिक साधारणसभामा जाँदै छ । ...

२०७६ मार्ग ३ गते ७:२३

काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.६४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावित लाभांशलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा मंसिर २९ गते बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ । सो प्रयोजनको लागि मंसिर १३ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड रुपैयाँ नाघ्ने छ । ...

२०७६ असोज २६ गते १:१५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु प्रभु क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौंको कमलादीमा रहेको प्रभु क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो । अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु प्रभु क्यापिटल मार्फत हुने छ । ...

२०७६ ज्येष्ठ ३० गते ६:४२

काठमाडौं । एनएमबि बैंक लिमिटेड अन्तर्गत सञ्चालित ‘एनएमबि ५०’ले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले हाल मात्रै संस्थालाई साे मात्राको फण्ड जारी गर्न अनुमति दिएकाे हो । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष प्रबद्धक एनएमबि क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड इकाई बिक्री गर्न लागेको हो । ...

२०७६ ज्येष्ठ ३० गते ९:३४

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज बन्द हुँदैछ । चैत २८ गते कायम रहेका शेयरधनीका लागि खुलाइएको १ः०.५ अनुपातका ३२ लाख ७५ हजार कित्ता हकप्रदका लागि आज अन्तिम दिन रहेको उक्त लघुवित्तले जनाएको छ । आजसम्म पनि आवेदन नगर्ने हकप्रद लिलाम बढाबढमार्फत् बिक्री हुनेछ । ...

२०७६ ज्येष्ठ २८ गते २:२५

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यूनियन हाइड्रोपावर लिमिटेडको कूल ७५ लाख कित्ता साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । हाइड्रोको मंगलबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आज सूचिकृत भएको संस्थाको सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने व्यवस्था रहेको छ । त्यही अनुसार हाइड्रोको पनि अब भोलिदेखि नेप्सेमा सेयर कारोबार शुरु हुने भएको छ । ...

२०७६ ज्येष्ठ २७ गते ७:३५

काठमाडौं । सोमबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल ५२ हजार ६४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । ...

२०७६ ज्येष्ठ २७ गते ५:३०

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सोमबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ ज्येष्ठ २७ गते १२:१२

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको सोमबार(जेठ २७ गते)देखि सेयर कारोबार रोक्का भएको छ । प्राइम कमर्शियल बैंकसँग गाभिने प्रयोजनको लागि उक्त कार्य सम्पन्न नहुन्जेल फाइनान्सको बुक क्लोज हुन लागेको हो । यस संस्थाले गत शुक्रबार नै प्राइम बैंकसँग गाभिने सम्बन्धि एक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । ...

२०७६ ज्येष्ठ २३ गते ७:४१

काठमाडौं । जेबिल्स फाइनान्सले आगामी असार ६ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे कालिमाटीस्थित कालिमाटी ब्यान्क्वेटमा बस्दै छ । उक्ता सभाले नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्वीजिसन) गर्ने विशेष प्रस्तावलाई पारित गर्ने छ । सो प्रस्ताव पारित सँगै स्वाप रेसियो १००ः३३ को अनुपातलाई अन्तिम स्वीकृति दिने संस्थाले जनाएको छ । अर्थात जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउने छन् । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी जेठ २७ गते बुक क्लोज हुने भएको छ । उक्त निर्णय हालै बसेको संस्थाको १९५औं बैठकले गरेको हो । ...

२०७६ ज्येष्ठ १९ गते ३:०५

काठमाडौं । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । ...