Latest News


२०७६ भाद्र २६ गते ३:१५

काठमाडौँ । साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार विहीबार अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोवार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार शेयर कारोवार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुगेको छ । त्यस्तै नेप्से परिसूचक पनि ०.९८ अङ्कले घटेर २५३.७९ मा रोकिएको छ । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद बिक्री भए । कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.७९, होटल २४.५३, विकास बैंक २.६९, जलविद्युत् ९.३४, वित्त १.१, निर्जीवन बीमा ३४.२५, उत्पादन १८.२१, अन्य ५.६८, लघुवित्त ६.४१, जीवन बीमा ३३.८६ र सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवार रकमका आधारमा विहीबार लक्ष्मी बैंक शीर...

२०७६ भाद्र २५ गते २:५१

काठमाडौँ । एभरेष्ट बैंकले चुक्ता पूँजीको ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकोमा सो सेयरको २० प्रतिशत सेयर साधारणमा परिणत गर्ने भएको छ । बैंकले असोज ९ गते चौथो पटक अग्राधिकार सेयरलाई साधारणमा परिणत गर्न लागेको जनाएको छ । अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्ने प्रयोजनका लागि असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयरको शेयर दाखिला दर्ता बन्द(बुक क्लोज) हुने बैंकले जनाएको छ । ...

२०७६ वैशाख ४ गते ४:००

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् । त्यस्तै, नेप्सेमा सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरुले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् ।   साथै, यी दुई कम्पनीहरुको गरी कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र सोमबार नेप्सेमा थपिएको हो । ...