Latest News


२०७६ मार्ग २९ गते ३:२९

काठमाडौं । शेयर बजार पुनः करेक्सनतर्फ लागेको छ । गत साता निरन्तर उकालो लागेर ११७२ अंकमा पुगेको परिसूचक आइतबार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन उतारचढाव देखिएको बजार अन्तमा ४.७८ अंकले घटेर ११६७.८६ अंकमा अडिएको छ । जुन पछिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत कम हो । परिसूचकमा जस्तै कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कूल १७२ कम्पनीको ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन कूल ७६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनेबेच भएको थियो । आइतबार एनएमबि बैंकको सबैभन्दा बढी अर्थात ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ५४ लाखको साधारण शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ करोड ८५ लाख रुपैयाँको संस्थापक शेयर कारोबार भएको छ ...

२०७६ मार्ग २९ गते ११:५१

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सो प्रयोजनको लागि संस्थाले पुस ७ गतेदेखि पुस २६ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको हो । संस्थाको वार्षिक साधारणसभा पुस २६ गते धनगढी कैलालीमा बस्दैछ । शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले सो सभा निम्न मिति र स्थानमा सम्पन्न गर्ने निर्णय गरेको हो । ...

२०७६ मार्ग २९ गते १२:०१

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात कर पश्चात ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बोनस शेयर वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । कम्पनी संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । ...

२०७६ मार्ग २६ गते २:५०

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, हाइड्रोले कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हाइड्रोको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई हाइड्रोको आगामी साधारणसभाले पारित गर्ने छ । हाइड्रोको आगामी साधारणसभा पुस २७ गते बस्दै छ । सभामा जाने प्रयोजनको लागि हाइड्रोले आगामी पुस ७ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै, पुस ६ गतेसम्म नेप्सेमा कारोबार गरी शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी गरेका शेयरधनीहरुले हाइड्रोको उक्त प्रस्तावित लाभांश पाउने छन् । ...

२०७६ मार्ग २६ गते २:२८

काठमाडौं । पोखरा फाइनान्सले आगामी पुस १८ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सो प्रयोजनको लागि संस्थाले पुस ४ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभाले संस्थाको प्रस्तावित १४.२० प्रतिशत लाभांश पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ७.२० प्रतिशत नगद र ७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ९० करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांशदर संस्थाले गत दुई वर्ष वितरण गरेको तुलनामा बढी हो । अघिल्लो वर्ष संस्थाले शेयरधनीलाई १३.६८४ प्रतिशत लाभांश वितरण गरेको थियो । ...

२०७६ मार्ग २६ गते १:५६

काठमाडौं । बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९५.२४ रुपैयाँ रहेको छ । समायोजन पछि बिहीबार भएको कारोबारमा बैंकको शेयर मूल्य ओरालो लाग्ने क्रममा रहेको छ । करिब २ बजे बैंकको शेयर मूल्य २.२४ रुपैयाँले घटेर प्रतिकित्ता १९३ रुपैयाँमा कारोबार भइरहेको छ । ...

२०७६ मार्ग २६ गते १२:४८

काठमाडौं । मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ११.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर गरी कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । १.७५ प्रतिशत बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजीले ८१ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ मार्ग २५ गते ५:१०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांशदर संस्थाले अघिल्लो वर्ष वितरण गरेको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिएको थियो । ...

२०७६ मार्ग २५ गते १:२५

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । उक्त लाभांश दर अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले अघिल्लो वर्ष १७.०७ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो । ...

२०७६ मार्ग २५ गते १२:५८

काठमाडौं । बुधबार सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । होटलको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८७.८३ रुपैयाँ रहेको छ । हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । ताहाचलमा रहेको यस होटलको हालसम्म ८ करोड ४२ लाख कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । ...

२०७६ मार्ग २५ गते १२:४०

काठमाडौं । एनएमबि बैंकको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको वार्षिक साधारणसभा आगामी पुस २४ गते बिहीबार बिहान १० बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बस्दै छ । सभाले २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । ...