माछापुच्छ्रे बैंकले ल्यायो ६ प्रतिशत ब्याज दिने स्मार्ट बचत खाता, साथमा स्मार्ट सुविधा निःशुल्क

विकासन्युज                              २०७४ फाल्गुन २९ गते ४:२५

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको ‘एमबीएल स्मार्ट बचत’ खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रूपैयाँ बचतमा बैंकले ६ प्रतिशत ब्याज दिने भएकाे छ ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्नेछन् ।

स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइलमनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा र लकर सुबिधा पर्नेछन् ।उक्त खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा दिईरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।