नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत १५ गते, कहिलदेखि बुक क्लाेज ?

विकासन्युज                              २०७५ फाल्गुन २३ गते १:४४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३०औं वार्षिक साधाधारण सभा चैत १५ गते हुने भएको छ । सो प्रयोजनको लागि चैत १ गतेदेखि चैत १५ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

उक्र सभाले संचालक समितिको प्रस्तावबमोजिम चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, बोनस सेयर बापत कर प्रयोजनको लागि एक करोड ८८ लाख रुपैयाँ नगद लाभांश स्वीकृत गर्दै छ ।

 

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ लाख रुपैयाँ रहेको छ । १३.५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।