स्पर्स लघुवितको साढे दुई लाख आईपीओ आउँदै, एक हजारमै भर्न पाइने

विकासन्युज                              २०७५ फाल्गुन १६ गते १:५५

काठमाडाैं । स्पर्स लघुवित वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन हुँदै छ । संस्थाले फागुन २६ गतेदेखि कुल २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त सेयरमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँमै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको बिक्री छिटोमा फागुन २९ गते र ढिलोमा चैत २५ गते निष्काशन बन्द हुनेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

 

संस्थाले २ लाख ६९ हजार ६३० कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ४ हजार १४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सेयर साधारण सेयरहरु सामूहिक लगानी कोषको लागि बाँडफाँड गरेको छ । जसमा बाँकी २ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।