जेबिल्स फाइनान्सले ३.५७ प्रतिशत बोनस सेयर दिने, पायो राष्ट्र बैंकको स्वीकृति

विकासन्युज                              २०७५ फाल्गुन १५ गते ७:१७

काठमाडौं । जेबिल्स फाइनान्सले सेयरधनीलाई ३.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको हो ।

संस्थाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट सो मात्राको बोनस वितरण गर्न स्वीकृति पाएको हो । लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

फाइनान्सले यसअघि १०० प्रतिशत र ४० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । ३.५७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । साथै, बोनसको कर प्रयोजनको लागि १५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।