साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा चैत ११ गते, ३४ प्रतिशत लाभांश पारित गर्दै

विकासन्युज                              २०७५ फाल्गुन १५ गते ६:५६

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा आगामी चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी फागुन २४ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सो दिन बिहान ११ बजे बस्न लागेको सभाले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । साथै, सभाले सेयरधनीलाई १० प्रतिशतका दरले एक करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । उक्त लाभांश बोनस सेयर र नगद लाभांशको करकट्टी नगद लाभांशबाट कट्टी गरी भुक्तानी गर्ने कर्पोरेशनले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड २७ लाख ९३ हजार रुपैयाँ रहेको छ । २४ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १५ करोड २२ लाख रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सभाले सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ७ जनालाई निर्वाचित गर्दै छ ।