नागबेली लघुवित्तको साधारणसभा चैत १५ गते, फागुन २९ देखि बुक क्लोज

विकासन्युज                              २०७५ फाल्गुन १४ गते २:४५

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको आगामी नवौँ वार्षिक साधारणसभा चैत १५ गते बस्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले फागुन २९ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्दै छ ।

उक्त सभाले सेयरधनीलाई गतबर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ रहेका छ ।

 

बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ कायम हुनेछ । साथै, उक्त पुँजीको २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद जारी गर्ने संचालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गर्ने भएको छ ।

संस्थाको सभा चैत १५ गते शुक्रबार बिहान ११ः३० बजे झापाको विर्तामोडमा अवस्थित आदर्श बैंकेटमा बस्दै छ ।