नबिल बैंकलाई नेप्सेको प्रष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने

विकासन्युज                              २०७५ फाल्गुन १० गते १२:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले सूचना समयमा नपठाएको भन्दै बैंकलाई २४ द्दण्टे स्पष्टिकरण सोधेको हो ।

नविल बैंकले आफ्नो ३४ औं वार्षिकोत्सव यही फागुन २७ गते गर्दैछ । त्यसका लागि शुक्रबार फागुन १४ गतेलाई शेयरधनी किताब बन्द गर्ने बैंकले नेप्सेलाई गराएको थियो । त्यो सूचना समयमा नपठाएको भन्दै नेप्सेले कारणसहित जवाफ दिन भनेको हो ।

नेप्से सूचीकरण सम्झौताको बुँदा १० मा यदि कुनै कम्पनीले शेयरधनी दर्ता किताब बन्द गर्ने भए त्यसको एक साता अघि नेपाल स्टक एकसचेञ्जलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । नेप्सेले भने ४ दिन अघि मात्र त्यस्तो जानकारी पठाएकोले के कति कारणले त्यस्तो भएको हो जवाफ दिन भनेको हो ।