उन्नति माइक्रोफाइनान्सले फागुन १३ गतेदेखि हकप्रद बिक्री गर्दै, पुँजी साढे ६ करोड नाघ्ने

विकासन्युज                              २०७५ माघ २५ गते ६:२१

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि २० प्रतिशत(अर्थात ५ बराबर १ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गर्ने भएको छ ।

संस्थाले आगामी फागुन १३ गतेदेखि १०० अंकित दरको एक लाख १० हजार कित्ता सेयरको बिक्री खुला गर्दै छ ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी चैत १७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

हाल संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ५ करोड ५० लाख रहेको संस्थाको चुक्ता पुँजी हकप्रद पछि ६ करोड ६० लाख रुपैयाँ नाघ्ने छ ।