आशा लघुवित्तको आईपीओ बाँडफाँड, ६२ हजार ९९३ आवेदकले पाए १० कित्ता सेयर

विकासन्युज                              २०७५ माघ २५ गते ३:३३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत माघ १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आइपीओ)को शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ६२ हजार ९९३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको ६ लाख २९ हजार कित्ता सेयरको लागि तीन लाख नौ हजार ७८२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६२ हजार ९९३ ले मात्र सेयर पाएका छन् भने बाँकी ४३ हजार ११२ आवेदकको हात खाली भएको छ ।

 

त्यस्तै, कुल आवेदन परेको मध्ये ६७७ जनाको आवेदन रद्द भएको बिक्री प्रवन्धकले जनाएको छ । लघुवित्तले ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता सेयर कित्ता आइपिओ निष्काशन गरेको थियो । निष्काशित सेयरमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।