एनएमबि बैंककाे १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित

विकासन्युज                              २०७५ पौष २६ गते ६:०४

काठमाडौं । एनएमबि बैंक लिमिटेडकाे प्रस्तावित १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पारित भएकाे छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई  बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाले पारित गरेकाे हाे ।

उक्त बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।