बुधबार पनि सेयर बजार घट्ने क्रम जारी, बजार १५ सय अंकबाट तल झर्यो

विकासन्युज                              २०७४ भाद्र २८ गते ३:१४
 
काठमाडौं । सेयर बजार बुधबार १ हजार ५ सय अंकबाट ओरालो लागेको छ । पछिल्लो समयमा निरन्तर घट्दै गएको बजार बुधबार १० अंकले गिरावट आई १ हजारस ४९३ अंकमा सीमित भएको छ । बजारमा हकप्रद सेयरको आपूर्ति बढेपछि बजार घटेको अनुमान गरिएको छ । 
 
बैंकले पनि सेयरमा लगानी खुला गरेपनि बजार घट्ने क्रम जारी छ । पछिल्लो समयमा बजार घट्दै जादा साना लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको छ । लगानीकर्ताले गुमाउदै गएका छन् ।  
बुधबार होटल, जलविद्युत, बीमा र वित्त क्षेत्रको मूल्य बढेको छ भने बैंक, विकास बैंक र उत्पादनमुलक क्षेत्रको घटेको छ ।  
 
बुधबार ६३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको छ । इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता ७४० रुपैयाँमा ३ करोड ३१ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।