यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित

विकासन्युज                              २०७४ भाद्र १४ गते २:३३

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरण बीमा समितिबाट अस्वीकृत भएपछि कम्पनीको सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित भएको हो ।

कम्पनीको बोनस र हकप्रद सेयर वितरण तथा निश्कासनको प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, बीमा समितिले परिमार्जन सहित पुनः वित्तीय विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ ।