बुधबार प्राइम लाइफ इन्स्योरेन्स र जेबिल्स फाइनान्सको सेयर मूल्य समायोजन

विकासन्युज                              २०७४ भाद्र १४ गते १:४८

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन प्राइम लाइफ इन्स्योरेन्सको र जेबिल्स फाइनान्सको क्रमशः बोनस र हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ११७३ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले जेबिल्स फाइनान्सको १०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७० रुपैयाँ रहने भएको छ ।