मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद आजदेखि खुला, कँहाबाट भर्ने ?

विकासन्युज                              २०७५ आषाढ़ २७ गते ४:०१

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि १०० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आज(बुधबार)देखि १ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी साउन २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । गत जेठ १७ गतेसम्म यस कम्पनीको सेयर कारोबार गरेका सेयरधनीहरुले सो मात्राको हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।