सीआरआर सीमा घटेपछि बैंकिङ प्रणालीमा ४८ अर्ब तरलता थपिने, एसएलआर पनि घट्यो

विकासन्युज                              २०७५ आषाढ़ २७ गते ३:५०

काठमाडौं । आगामी आर्थिक वर्ष बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ थप तरलता प्रवाह हुने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात (सीआरआर) कटौती गर्ने भएपछि यो रकम बराबर थप तरलता बढने देखिएको हो ।

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात वाणिज्य बैंकले ६, विकास बैंकले ५ र वित्त कम्पनीले ४ प्रतिशत राख्नुपर्ने विद्यमान व्यवस्थालाई खुकुलो बनाई सबैले ४ प्रतिशत राखे पुग्ने व्यवस्था गरेकाले तरलता बढने भएको हो ।

यस्तै वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ बाट १०, विकास बैंकलाई ९ बाट ८ र वित्त कम्पनीलाई ८ बाट ७ प्रतिशत कायम गरे पुग्ने भएको छ ।