बैंक अफ काठमाण्डूका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित

विकासन्युज                              २०७५ माघ १८ गते १:३६

काठमाडौं । बैंक अफ काठमाण्डूका सेयरधनीले कम्पनीको गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश पाउने निश्चित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेसँगै कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् ।

सभाले संचालक समितिको प्रस्ताव अनुसार चालु आवको असारसम्मको चुक्तापुँजीबाट सेयरधनीलाई १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

गत पुस २९ गतेसम्म नेप्सेमा कारोबार गर्ने बैंकका सेयरधनीहरुले उक्त लाभांश पाउनेछन् । ७ अर्ब ७ करोड रहेको बैंकको चुक्ता पूँजी बोनस पछि ८ अर्ब ६ करोड रुपैयाँ कायम हुनेछ ।