बुटवल पावरले किन्यो हिमताल हाइड्रोपावरको ६ लाख कित्ता सेयर

विकासन्युज                              २०७५ पौष १८ गते १:५१

काठमाडौं । बुटवल पावर कम्पनीले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता सेयर किनेको छ । बुधबार मात्रै बुटवल पावरले ६०० मेगावाटको अपर मस्र्याङ्गदी २ जलविद्युत आयोजना विकास गर्ने आयोजन कम्पनी हिमतालको सेयर किनेको हो ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार कम्पनीले हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत सेयर किनेको हो ।

 

हिमताल हाइड्रोको स्वामित्वमा रहेको सो मात्राको सेयर गत पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा सेयर स्वामित्व कायम भएको नेप्सेले जनाएको छ ।