ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते, १६ प्रतिशत बोनस पारित गर्ने

विकासन्युज                              २०७५ पौष ३ गते १:३०

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आगामी पुस २७ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ ।

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले बोनस पाउनेछन् ।

बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब नाघ्ने छ ।

साथै, बैंकले कम्पनी अधिकृत पुँजी १० अर्ब रुपैयाँलाई वृद्धि गरी १६ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ ।

बैंकको साधारण सभा पुस २७ गते नक्सालको नक्साल ब्याङ्क्वेटमा बिहान १० बजे बस्दै छ ।