बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने, १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद

विकासन्युज                              २०७५ मार्ग २८ गते ११:३४

काठमाडौं । बैंक अफ काठमाण्डैंले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउने छ । हालसम्म घोषणा भएका मध्ये बैंक अफ काठमाण्डूको लाभांश तेस्रो उच्चदर हो ।

विहीबार यस कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएको छ । हाल यस बैंकको सेयर पुँजी ७ अर्ब ७ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपति बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ हुनेछ । यस बैंकको जगेडा कोषमा ५ अर्ब ५ करोड रुपैयाँ छ ।