एनएमबी बैंकको नाफा ५५ करोड, प्रतिशेयर आम्दानी २६.२१ रूपैयाँ

विकासन्युज                              २०७५ कार्तिक ३० गते ८:५९

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रूपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो ।

बैंकको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैंया २१ पैसा हुन आउँछ । यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २ रुपैंया कम हो । बैंकले गत वर्ष चुक्ता पुँजीमा वृद्धि गर्दा ईपीएस घट्न पुगेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १५.२६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत, पुँजीकोषको लागत ७.३६ प्रतिशत र आधार ब्याजदर १०.६८ प्रतिशत छ ।