नेपाल एसबिआईको नाफा ५ करोडले ओरालो

विकासन्युज                              २०७५ कार्तिक ३० गते २:२८

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ५ करोडले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३२ करोड नाफा कमाएको बैंक यसपाली सोही अवधीमा भने जम्मा २७ करोड मात्रै कमाउन सफल भएको हो ।

बैंकको ब्याज आम्दानी गत बर्षको पहिलो त्रैमासिकको तुलनामा १० करोड बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ९० करोड थियो भने यसपाली १ अर्ब पुर्याएको हो ।

बैंकको निक्षेप तीन महिनामा ८४ अर्बबाट ९४ अर्ब पुर्याएको छ । बैंकको आधार ब्याजदर १०.४३ प्रतिशत छ भने खराब कर्जा ०.२० प्रतिशत रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब २८ करोड छ ।  बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ३५ पैसा रहेको छ ।