सिद्धार्थ बैंकले २ अर्ब २५ करोडको ऋणपत्र ल्याउदै, वार्षिक १०.५ प्रतिशत ब्याज दिने

विकासन्युज                              २०७५ कार्तिक १२ गते ५:००

काठमाडौं । सिद्धार्थ बैंकले पनि ऋणपत्र (डिवेन्चर) निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार इकाई निष्कासन गर्न लागेको हो । बैंकको प्रतिईकाई १ हजार रुपैयाँ छ । ऋणपत्र निष्कासन गर्न बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजमा एसबीएल डिबेञ्चर २०८२ रहेको छ । डिवेञ्चरको अवधि ७ वर्ष रहेको छ । बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्षमा एनआईसी एसिया बैंकले ऋणपत्र निष्कासन गरिसकेको छ भने सानिमा बैंकले ल्याउन अनुमति पाएको छ ।