महालक्ष्मी विकास बैंकका ग्राहकलार्इ ग्रान्डी अस्पतालमा साढे ७ प्रतिशत छुट

विकासन्युज                              २०७५ कार्तिक ११ गते ५:५६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा ग्राहकका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालको उपचार सेवा शुल्कमा साढे ७ प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउन सक्नेछन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।