सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्न पायो अनुमति, वार्षिक १० प्रतिशत ब्याज दिने

विकासन्युज                              २०७५ कार्तिक ९ गते ६:३१

काठमाडौं । सानिमा बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिवेन्चर) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार १ हजार रुपैयाँमा २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो । बैंकले १० वर्षको अवधिका लागि निष्कासन गरेको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । यो दर हाल बैंकले दिएको मुद्धति निक्षेप बराबर हो ।

बैंकले ऋणपत्र निष्कासन गर्न बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडलाई नियुत्त गरेको छ । ऋणपत्र निष्कासनसँगै बैंकको पूँजी कोष अनुपातमा सहजता हुनेछ । तरलताको समस्या समधान गर्न सहयोग पुग्ने छ । यस्तै एनआईसी एसिया बैंकले पनि १ हजार दरका १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गरिसकेको छ ।